काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमाथि संविधान उल्लङ्घनको गम्भीर आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सरकारले नेपालको संविधानको धारा १७, २७० र २७४ को निरन्तर रूपमा उल्लङ्घन गरिरहेको दाबी गरे।

लिङ्देनले भने, “सरकारले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार र संवैधानिक प्रावधानहरूलाई खण्डित गर्दै आएको छ। रवीन्द्र मिश्रसहितका विचारकै आधारमा गिरफ्तार गरिएका व्यक्तिहरूलाई महिनौंदेखि अपमानजनक रूपमा हिरासतमा राखिएको छ। उनीहरूको दोष केवल यति हो कि उनीहरूले राजसंस्थाको समर्थन, हिन्दू राष्ट्रको पक्ष र संघीयताको अस्वीकार गरेका छन्।”

advertisement

उनले राप्रपाको युवा संगठनका अध्यक्ष सुजित केसीलाई साइबर ब्युरोद्वारा आजै पक्राउ गरिएको जानकारी पनि सभालाई दिए।

“यदि सरकार आस्थाका आधारमा नागरिकलाई पक्राउ गर्न थाल्छ भने, राज्य आफैंले ‘राजसंस्था चाहिन्छ, हिन्दू राष्ट्र चाहिन्छ, संघीयता चाहिँदैन’ भन्नेहरूलाई विद्रोहमा जानुहोस्, जंगल पस्नुस् भनेर संकेत गरिरहेको हुन्छ,” लिङ्देनको भनाइ थियो।

उनले सभामुखमार्फत प्रधानमन्त्री, गृहमन्त्री र सम्पूर्ण सरकारलाई स्पष्ट रूपमा आग्रह गर्दै भने, “यदि यस्तै व्यवहार गर्न हो भने औपचारिक रूपमा घोषणा गरियोस् राजा मान्छु भन्ने, हिन्दु राष्ट्र  चाहिन्छ भन्ने र सङ्घीयता चाहिँदैन भन्नेहरूलाई विद्रोहमा जाऊ जङ्गल पस्’, लिङ्देनले भने।

लिङ्देनको भनाइमा संविधानको मूल भावना र नागरिक अधिकारको गम्भीर अवमूल्यन भइरहेको स्पष्ट देखिन्छ।

प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com