काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माबीच समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भएको छ। माओवादी नेता शर्मा शुक्रबार बिहान देउवालाई भेट्न बूढानीलकण्ठस्थित उनको निवास पुगेका थिए।

शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे महत्वपूर्ण संवाद भयो।”

advertisement

नेकपा (माओवादी केन्द्र) ले आजदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु गरेको छ। सो अभियानको उद्घाटन कार्यक्रममा सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवाको गृह जिल्ला डडेल्धुरा पुगेका छन्। त्यही सन्दर्भमा दाहालले देउवालाई टेलिफोनमार्फत सम्पर्क गरेका थिए।

प्रचण्डको फोनपछि नेतृ शर्मा देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन्। यस भेटवार्तालाई मुलुकको बदलिँदो राजनीतिक समीकरण सन्दर्भमा महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com