काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ठूला राष्ट्रमाथी दबाब बढाउने र सानाको नेतृत्व नेपालले गर्नुपर्ने बताएका छन्।

सर्वोच्च शिखर आरोहण तयारीका लागि बेसक्याम्पमा प्रशिक्षणरत शर्माले राजधानीमा जारी  सगरमाथा सवादको सफलताको कामना गर्दै नेपालले साना देशहरुको नेतृत्व गर्दै पर्यावरण सुरक्षाका लागि पहल गर्नुपर्ने बताएका छन् ।

advertisement

‘सगरमाथा संवादको सफलताको कामना गरिरहँदा म अहिले सगरमाथाको बेसक्याम्पमा छु। यस महत्वपूर्ण अभियानमा संलग्न सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीहरूप्रति म सम्मान व्यक्त गर्छु,’ शनिबार लिखित सन्देश जारी गदै उनले भनेका छन्, ‘यस क्षण, म बेसक्याम्पबाट एकातिर सेताम्ये हिमाल हेरिरहेको छु भने अर्कातिर जलवायु परिवर्तनको असरले कालो बन्दै गएका हिमाली भित्ताहरू देखिरहेको छु। बढ्दो हिम पहिरो, अस्थिर हिमताल, र अघिल्ला वर्षहरूको तुलनामा घट्दो हिउँ—यी सबै अत्यन्तै चिन्ताजनक परिस्थितिहरू हुन्।’

नेपालजस्तो कार्बन उत्सर्जन न्यून गर्ने मुलुकले आफुले नगरेको गल्तीको परिणाम भोग्न बाध्य हुनुपरेको उल्लेख गर्दै शर्माले  यो दु:खद मात्र नभइ अन्यायपुर्ण भएको बताएका छन।

‘हिमालयको संरक्षण केवल नेपालको जिम्मेवारी होइन—यो सम्पूर्ण मानवजातिको साझा दायित्व हो। यी हिमालहरू केवल प्राकृतिक सौन्दर्यका प्रतीक होइनन्, जीवनदायिनी नदीहरूको मुहान र पृथ्वीको वातावरणीय सन्तुलनका रक्षक पनि हुन्,’उनले भनेका छन्, ‘सगरमाथा संवाद’ मार्फत ठूला राष्ट्रहरूलाई नेपालले कार्बन उत्सर्जन उल्लेखनीय रूपमा घटाउन गम्भीर पहलका लागि आग्रह गर्नुपर्छ । हिमालय जोगाउने र पृथ्वी बचाउने प्रमुख उपाय यही हो । जलवायु परिवर्तनको मुद्दामा अब साना राष्ट्रहरूको नेतृत्व विश्वका मञ्चहरूमा नेपालले गर्नुपर्छ। सगरमाथा संवादले त्यही उचाइमा पुगेर नेपाललाई नवीन इच्छाशक्तिमा पुर्‍याउँदैछ / पुर्‍याउनु पर्छ।’

प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com