काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले देशको न्याय प्रणालीप्रति जनतामा विश्वास नदेखिएको गम्भीर चिन्ता व्यक्त गरेकी छन्।

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले अदालतप्रति जनताको विश्वास डगमगाउन थालेको गुनासो गम्भीर र चिन्ताजनक विषय भएको बताइन्।

advertisement

उनका अनुसार अदालत स्वयंले कानुनी प्रक्रिया उल्लंघन गर्न थालेको देखिनु संविधानको मूल मर्ममाथि प्रहार हो। “कानुनी प्रक्रिया पालना नगर्ने अभ्यास संवेदनशील विषय हो,” गौतमले भनिन्, “विधिको शासन सबैका लागि बराबरी लागू हुनुपर्छ। न्यायिक प्रक्रिया सही ढंगले नअपनाई निष्पक्ष न्याय सम्भव हुँदैन।”

सांसद गौतमले अदालतमा पछिल्लो समय अराजकता र असंवैधानिक गतिविधिहरू देखिन थालेको उल्लेख गरिन्। उनले अदालतले कैदीलाई जानकारी नै नदिई पेशी तोक्न थालेको विषयले गम्भीर प्रश्न उठाएको बताउँदै यस्तो कार्य न्यायको मर्मविपरीत भएको स्पष्ट पारिन्।

उनले सूचना दिएर मात्रै पेशी तोक्ने वैधानिक प्रक्रिया अदालतले उल्लंघन गर्न थालेको आरोप पनि लगाइन्।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com