काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयलाई सम्पूर्ण नेपाली जनताको पहिचानमाथि गरिएको अपमानको रूपमा व्याख्या गरेका छन्।

पार्टीको जागरण अभियान अन्तर्गत आइतबार दैलेखमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सरकारले राम्रो काम गर्ने व्यक्तिहरूमाथि सस्तो राजनीति गर्दै आएको आरोप लगाए।

advertisement

‘सरकार राम्रो काम गर्ने इमानदार कर्मचारीमाथि दमन गरिरहेको छ। कुलमान घिसिङमाथिको अन्याय केवल एक व्यक्तिमाथिको होइन, यो सम्पूर्ण नेपाली जनताको पहिचानमाथिको अपमान हो,’ दाहालले भने।

उनले आफ्नो नेतृत्वमा रहेको सरकारले ल्याएका जनमुखी कार्यक्रमहरू वर्तमान सरकारले हटाइरहेकोप्रति पनि चिन्ता व्यक्त गरे। कर्णाली प्रदेशको विकासका लागि तय गरिएका योजना र कार्यक्रमहरू उद्देश्यप्रणालीका साथ हटाइएको उनको दाबी थियो।

‘मैले प्रधानमन्त्री हुँदा कर्णालीका लागि योजनाबद्ध तरिकाले कार्यक्रमहरू अगाडि सारेका थिए, तर अहिले तिनलाई पूर्णरूपमा विस्थापित गरिएको छ,’ उनले गम्भीर लहजामा भने, ‘महिला, दलित, मधेस र कर्णालीका समुदायप्रति गरिएको यो बेवास्ता अत्यन्त चिन्ताजनक छ।’

दाहालले वर्गीय, क्षेत्रीय र जातीय समानताको पक्षमा लड्दै आएको आफ्नो पार्टीलाई कमजोर बनाउन खोजिएको पनि आरोप लगाए। उनले जनसमुदायलाई सचेत रहन र अधिकार रक्षा गर्न एकताबद्ध हुन आग्रह गरे।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com