काठमाडौं । सरकारको नियमित मन्त्रिपरिषद् बैठक आज साँझ बस्ने तयारी भएको छ। यद्यपि बैठकको स्थानबारे औपचारिक जानकारी दिइएको छैन। एक मन्त्रीका अनुसार, बैठक साँझमा तोकिए पनि स्थान खुलाइएको छैन।
आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्ने सम्भावना उच्च रहेको स्रोतले जनाएको छ।
यसअघि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित गभर्नर सिफारिस समिति बैठकमा बस्नेछ। उक्त समितिले तीन जनाको नाम गभर्नरका लागि सिफारिस गर्नेछ।
विश्व पौडेललाई गभर्नर बनाउने विषयमा नेपाली कांग्रेस र एमालेबीच सहमति भइसकेको जनाइएको छ। समितिको बैठकले उनलाईसहित अन्य दुईजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने तयारी भइरहेको बुझिएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया