काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले निराशालाई आशामा बदल्ने गरी नीति तथा कार्यक्रम ल्याइसकेको र अब बजेट पनि त्यही धारमा ल्याउने तयारी भइरहेको दाबी गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरूले कांग्रेस र एमाले मिलेर देश ओरालो लागेको भन्ने भ्रम फैलाएको आरोप लगाए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई लक्षित गर्दै उनले भने, ‘जादुगरले कागको पत्ताबाट हजारको नोट निकाल्छ, तर त्यो वास्तविकता होइन, केवल भ्रम हो। अहिले संसदमा पनि यस्तै जादुमय प्रवृत्तिहरू देखिन्छन्, जुन क्षणिक भ्रम मात्रै हुन्।’
सरकारले केही गर्न सकेन भन्ने टिप्पणीप्रति आपत्ति जनाउँदै बर्तौलाले सरकारले गरेका काम तथ्यांकमा हेरेर मूल्यांकन गर्न विपक्षीलाई चुनौतीसमेत दिए।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया