काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुने सम्भावना उच्च रहेको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकाले आज फैसला प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको हो। लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट यसअघि पटक–पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा परिरहँदा सुनुवाइ हुन सकेको थिएन।
सभापति लामिछानेलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। अहिले सो रिटमा न्यायिक प्रक्रिया अघि बढ्ने सम्भावना देखिएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया