काठमाडौं । कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई नेपाल प्रहरीका एक डिएसपीले चलाइरहेको निजी गाडीले ठक्कर दिएको छ।

सोमबार दिउँसो मोरङको कानेपोखरी गाउँपालिका–७ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा सांसदहरू सामान्य घाइते भएका छन्।

advertisement

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार झापाबाट मोरङतर्फ गइरहेको बा ५ च ३५३० नम्बरको गाडी जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले आफैं चलाइरहेका थिए। त्यसैबेला विपरीत दिशाबाट आइरहेको बिएई १४०६ नम्बरको कारमा प्रदेशसभा सदस्यहरू मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए।

डिएसपी खड्काले चलाएको गाडी सांसदहरू चढेको सवारीसाधनसँग ठोक्किएको हो। सांसदहरू सामान्य घाइते भए पनि गम्भीर अवस्था नरहेको बताइएको छ।

सांसद मैया श्रेष्ठका अनुसार एक सांसदलाई अलिकति बढी चोट लागेको छ भने बाँकी सबैको अवस्था सामान्य रहेको छ। उनले आफू हाल निवासमै आराम गरिरहेकी जानकारी दिइन्।

प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com