काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसदहरूको उपस्थिति संसदमा कम रहेको भन्दै आपत्ति जनाएकी छिन्।

प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा बोल्दै उनले कांग्रेस सांसदहरू संसदमा कम रहेको बताइन् । उनले कांग्रेस सांसदहरू आज गभर्नर खोज्न हो कि प्रधानमन्त्री खोज्न जानु भएको भन्दै प्रश्न गरेकी छन्।

advertisement

ठूलो पार्टी भइसकेपछि संसदमा पनि ठूलै उपस्थिति हुनु जरुरी रहेको उनको भनाइ छ। उनले भनिन्, ‘आज त नेपाली कांग्रेसका माननीय ज्यूहरू त सात–आठ जनादेखि बढ्ता त देखिँदैन नि। उहाँहरू कता जानु भयो ? गभर्नर खोज्न जानु भयो कि प्रधानमन्त्री खोज्न जानु भयो ? तपाईहरु एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ।’ संसदमा ८ जना भन्दा बढी कांग्रेसका सांसद नदेखिएको उनको आरोप छ।

प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com