काठमाडौं । अर्थ मन्त्रालय स्रोतका अनुसार बैठकले अर्थशास्त्री डा. विश्व पौडेलसहित तीन जनाको नाम गभर्नर पदका लागि सिफारिस गरेको छ।
तीमध्ये डा. पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने विषयमा प्रमुख राजनीतिक दलहरूबीच पहिले नै सहमति भइसकेको बताइएको छ।
यस विषयमा अन्तिम निर्णय लिन मन्त्रिपरिषद्को बैठक केहीबेरमै प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी भइरहेको छ।
प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया