काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनमाथि अन्ततः मंगलबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। यसअघि यो मुद्दा विभिन्न कारणले गरेर छपटकसम्म स्थगित हुँदै आएको थियो।

लामिछानेको निवेदनमाथि आज दिउँसो १२ बजेदेखि सुनुवाइ सुरु भएको हो। सुनुवाइका क्रममा सोही निवेदनसँग सम्बन्धित पूर्वडीआईजी छविलाल जोशी र नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर दुईवटा रिटसमेत मिसाएर हेरिएको छ।

advertisement

यसअघि रौतहटको गौर कारागारमा थुनामा रहेका अभय उर्फ कामेश्वर सिंह पटेलको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सम्पन्न भएपछि लामिछानेको मुद्दा दोस्रो नम्बरमा सूचीबद्ध थियो।

आजको दिन इजलासमा १८ वटा मुद्दा तोकिएको भए पनि लामिछानेको निवेदनमाथिको सुनुवाइ नसकिँदा अन्य १६ वटा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ। तीमध्ये सुजित केसीको बन्दी प्रत्यक्षीकरण निवेदन, उत्प्रेषणसम्बन्धी मुद्दा, अदालतको अवहेलनासम्बन्धी मुद्दा र विविध प्रकृतिका मुद्दाहरू रहेका छन्।

प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com