काठमाडौं । धनुषा जिल्लाको कमला नगरपालिका–२ सराबे टोलमा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको दुखद निधन भएको छ।

ज्यान गुमाउनेमा स्थानीय रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनका भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साह रहेका छन्।

advertisement

धनुषा प्रहरीले दिएको जानकारीअनुसार मंगलबार दिउँसो दुवै बालक खेल्ने क्रममा नवनिर्माणाधीन कृषि सडकको छेउमा खनिएको खाल्डोमा डुबेका थिए। सो खाल्डोमा हालैको वर्षाका कारण पानी जमेको थियो।

झण्डै १५ दिनअघि निर्माण कार्य सुरु गरिएको सो कृषि सडकको काम अधुरै रहँदा खनिएको खाल्डो खुला छाडिएको थियो।

दाजुभाइ घरबाट खेल्न निस्किएपछि अबेरसम्म फर्किएनन्। चिन्तित परिवारजनले खोजी गर्ने क्रममा खाल्डोमा तैरिएको अवस्थामा दुवैको शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयवासीले बालबालिकाको सुरक्षाको दृष्टिकोणले निर्माणस्थल सुरक्षित बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com