काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूले आगामी १५ जेठदेखि सुरु गर्ने घोषणा गरेको आन्दोलन नेपाली जनताविरुद्ध भएको टिप्पणी गरेका छन्।

गृह जिल्ला दाङमा आयोजित ४१औं नेत्रलाल पौडेल ‘अभागी’ स्मृति दिवसमा मंगलबार बोल्दै महासचिव पोखरेलले राजतन्त्रको पक्षमा हुने आन्दोलन कुनै राजनीतिक दल होइन, जनताको अधिकार र सार्वभौमिकताको विरुद्धमा भएको स्पष्ट पारे।

advertisement

‘गणतन्त्रले के दियो भन्दै भ्रम फैलाउँदै १५ जेठदेखि आन्दोलनको घोषणा गरिएको छ,’ पोखरेलले भने, ‘तर त्यो आन्दोलन दल वा व्यवस्थाविरुद्ध होइन, नेपाली जनताविरुद्ध हो। हामीले यो सत्य जनतासमक्ष स्पष्ट पार्न आवश्यक छ।’

उनले राजसंस्थाले कहिल्यै जनताको पक्षमा भूमिका नखेलेको जिकिर गर्दै जनतालाई निरंकुश शासनमा पिलाएर लामो समय शोषण गरेको स्मरण गराए। उनले गणतन्त्र र जनताको सार्वभौम अधिकारप्रति प्रहार गर्न खोज्नेहरूविरुद्ध सचेत रहन जनतालाई आग्रह गरे।

स्मृति दिवसमा बोल्दै पोखरेलले युवाहरूको ठूलो संख्यामा विदेश पलायन हुनु देश विकासका लागि चुनौती भएको बताए। उनले देश बनाउन आफ्नै भूमि र समाजमा श्रम गर्नु पर्ने धारणा राखे।

‘देश बनाउन परदेशको पसिना होइन, आफ्नै भूमिमा पसिना बगाउनु पर्छ,’ उनले भने, ‘कसैका लागि बाध्यता होला, तर धेरैजसो युवाहरू रहरले विदेशिन थालेका छन्। यस्ता प्रवृत्तिले देश निर्माण होइन, समस्यालाई झनै जटिल बनाउँछ।’

पोखरेलले देशप्रेम र जिम्मेवारीको भावना बोकेर देशमै श्रम गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com