काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित घुम्तीमा मंगलबार दिउँसो एक यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना. ७ ख. ६८४१ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार घाइतेमध्ये १५ जनाको उपचार प्रदेश अस्पताल दमौलीमा, सात जनाको रत्नहरि अस्पताल दमौलीमा र तीन जनाको म्याग्दे पोलिक्लिनिकमा भइरहेको छ।

advertisement

दुर्घटनाका सम्बन्धमा थप विवरण संकलनको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com