काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज (बुधबार) सुनुवाइ नहुने भएको छ।

मंगलबारको सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले निवेदनलाई “हेर्दाहेर्दै”मा राख्दै बुधबार सुनुवाइलाई निरन्तरता दिने निर्णय गरेको थियो।

advertisement

तर, सर्वोच्च अदालतको प्रशासनले बुधबार सार्वजनिक गरेको पेशी सूचीमा उक्त निवेदनको सुनुवाइ स्थगित गरिएको उल्लेख गरिएको छ।
निवेदन हेर्ने इजलासका न्यायाधीश डा. सुवेदी संवैधानिक इजलासमा व्यस्त भएका छन् भने अर्का न्यायाधीश ढकाल अर्को इजलासमा परेका कारण सुनुवाइ हुन सकेको छैन।

हालका लागि सर्वोच्च अदालतले उक्त निवेदनको अर्को पेशी मिति तोकेको छैन, जसले गर्दा रवि लामिछानेसँग सम्बन्धित कानुनी प्रक्रिया थप अन्योलमा परेको छ।

प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com