एजेन्सी । दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको खुज्दर जिल्लामा विद्यालयको एक बसलाई निशाना बनाएर भएको विस्फोटमा चार जना बालबालिका मारिएको अधिकारीहरूले बताएका छन् ।

३८ जना घाइते भएका यस घटनामा कम्तीमा चार बालबालिकाको मृत्यु भएको खुज्दरका सरकारी अधिकारी यासिर इकबाल दाश्तीले बताए । विद्यालयको बस सेनाको सरकारी विद्यालयको थियो । सो विद्यालयमा सेनाका कर्मचारी र सर्वसाधारण सबैका छोराछोरी पढ्थे ।

advertisement

बिहान विद्यालय लैजान विद्यार्थीहरूलाई बोक्दै गर्दा बसमाथि आत्मघाती बम हमला भएको उनले अल जजिरालाई भने । खुज्दरको जिरो प्वाइन्ट नजिक भएको यस आक्रमणको आन्तरिक मन्त्री मोहसिन नक्भीले आलोचना गरेका छन् ।

विस्फोटको गम्भीरता हेर्दा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले भनिरहेका छन् । आक्रमणको जिम्मा तालिवानसम्बद्ध सशस्त्र समूह तेहरिक–ए–तालिबा पाकिस्तान (टीटीपी)ले लिएको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com