काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मुलुक चीनको सातदिने भ्रमणमा जान लागेकी छन्। चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको औपचारिक निमन्त्रणामा भण्डारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आगामी जेठ १० गते चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

भ्रमण टोलीमा नेकपा (एमाले) का केन्द्रीय सचिव रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, नेतृ गोमा देवकोटा, पत्रकार महेन्द्र विष्टलगायतको सहभागिता रहनेछ।

advertisement

टोलीले चीनका दुई सहरमा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुने बताइएको छ। भ्रमणका क्रममा भण्डारीले उच्चस्तरीय राजनीतिक भेटघाटहरू गर्ने तयारी गरिएको छ।

टोलीका एक सदस्यका अनुसार भण्डारीको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग समेत भेटवार्ता हुने सम्भावना छ, यद्यपि आधिकारिक रूपमा भेट कस–कससँग हुने भन्ने विवरण भने खुलाइएको छैन।

प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com