काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडै निष्कर्षमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पन्तले उपसमितिले तयार पारेको प्रतिवेदनमाथि निरन्तर छलफल गरी विधेयकलाई टुंगोमा पुर्‍याउने दृढता व्यक्त गरेका हुन्।

advertisement

उनले विधेयकका केही विषयमा राजनीतिक तहमा समेत सहमति खोज्नुपर्ने अवस्था रहेको उल्लेख गरे। साथै, जसमा सहमति भइसकेको छ, ती विषय अघि बढाउने र बाँकी विषयमा थप छलफल गरी निष्कर्षमा पुर्‍याउने प्रस्तावसमेत राखे।

समिति सभापति अम्बर बहादुर थापाले जेठ १५ गते बजेट आउनुभन्दा पहिला विधेयक टुंगोमा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए। उनले शिक्षा क्षेत्रको सुधार एकैपटक राज्यको भार नपर्ने गरी चरणबद्ध ढंगले कार्यान्वयन गर्नुपर्ने सुझाव पनि दिए।

यसअघि समितिअन्तर्गतको उपसमितिले १५ वटा परिच्छेद र १६३ दफामाथि छलफल गरी १०८ बुँदे प्रतिवेदन प्रस्तुत गरिसकेको छ।

प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com