काठमाडौं — पछिल्ला दिनमा केही समयका लागि बत्ति जाने घटनाहरू देखिन थालेपछि आमजनमानसमा लोडसेडिङ फर्किएको हो कि भन्ने चिन्ता बढ्दै गएको छ। तर, उर्जामन्त्री दीपक खड्काले भने यस्ता आशंका आधारहीन रहेको बताएका छन्।

संघीय संसदअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले केही प्राविधिक समस्याका कारण अल्पकालीन विद्युत अवरोध हुन सक्ने बताए। तर, यसलाई लोडसेडिङको रूपमा प्रचार गर्नु सरासर गलत भएको उनको भनाइ छ।

advertisement

“लोडसेडिङ भन्ने कुरा अहिलेको अवस्थामा सान्दर्भिक छैन। उत्पादनमा कुनै कमी छैन। तर कतिपय प्राविधिक कारणले अल्पकालीन अवरोध हुनसक्छ,” मन्त्री खड्काले स्पष्ट पारे।

उनका अनुसार सामाजिक सञ्जालमा लोडसेडिङ भएको भन्दै गरिने प्रचारले अनावश्यक भ्रम सिर्जना गरिरहेको छ। “यहाँसम्म कि विदेशबाट पनि मलाई फोन आएको छ, लोडसेडिङ सुरु भयो भनेर। तर त्यो सत्य होइन,” उनले थपे।

मन्त्री खड्काले जनतालाई यस्ता अफवाहमा नफस्न आग्रह गर्दै विद्युत आपूर्तिमा सरकार गम्भीर रहेको पनि उल्लेख गरे।

प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com