काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदर भन्दा बढी वर्षा हुने आँकलन गरिएको जनाएको छ । स्थान अनुसार ४५ देखि ६५ प्रतिशतसम्म सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको हो ।
मधेश प्रदेशका जिल्लामा सरदर अनुपातको वर्षा हुने देखिए पनि कर्णाली र गण्डकी प्रदेशका जिल्लामा सरदर भन्दा ७५ प्रतिशतसम्म वर्षा हुने आँकलन गरिएको मौसमविद् विभूती पोख्रेलले जानकारी दिइन् । यसवर्षकालागि यहि जेठ १८ देखि असोज १४ सम्मकालागि मनसुन ऋतुको अवधि काम गरिएको छ ।
मनसुन अवधिमा सरदर भन्दा बढी तापक्रम मापन हुने समेत सम्भावना देखिएको विभागले जनाएको छ । सरदर भन्दा बढी वर्षा र तापक्रम हुँदा विभिन्न भौतिक पूर्वाधारका संरचनामा क्षति पुग्ने तथा विभिन्न विपद्जन्य घटनामा वृद्धि हुने एवं स्वास्थ्य सम्बन्धी समस्याहरु देखिन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया