काठमाडौं । एसोशियट राष्ट्र यूएईले टी–२० क्रिकेटमा बंगलादेशविरुद्ध ऐतिहासीक किर्तिमान बनाएको छ । गएराति सम्पन्न टी–२० सिरिजको तेस्रे खेलमा टेस्ट राष्ट्र बंगलादेशलाई ७ विकेटले स्तब्ध पार्दै यूएईले सिरिज २–१ ले जितेको हो ।
यूएईले पहिलोपटक टेस्ट टिमलाई हराउँदै सिरिज जितेको हो । तेस्रो तथा निर्णायक खेलमा बंगलादेशले दिएको १ सय ६३ रनको लक्ष्य यूएईले १९ दशमलव १ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि अलिसान सराफुले ४७ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ६८ रन बनाए । यस्तै, आसिफ अलिले अविजित ४१, मोहम्मद जोहेबले २९ तथा राहुल चोपराले १३ रन जोडे । त्यसअघि सारजाह क्रिकेट स्टेडियममा बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनायो ।
सिरिजको पहिलो खेलमा २७ रनले पराजित यूएईले दोस्रो खेलमा बंगलादेशलाई २ विकेटले हराएको थियो ।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया