एजेन्सी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा भिषण वर्षा भएको छ । सो राज्यको ग्रामीण क्षेत्रहरुमा परेको वर्षापछि बाढीको जोखिम रहेको भन्दै ५० हजार सर्वसाधारणलाई खाली गराउन चेतावनी दिइएको छ ।
आगामी २४ घण्टासम्म अझै बाढीको जोखिम देखिएको भन्दै सो क्षेत्रका स्थानीइलाई अन्यन्त्र सर्न भनिएको रोयटर्सले जनाएको छ । टारी शहरमा ६३ वर्षीय एक पुरुषको शव बाढीमा फेला परेको समाचारमा उल्लेख छ ।
वर्षापछि न्यु साउथ वेल्सका प्रमुख क्रिस मिन्सले यो प्राकृतिक प्रकोपलाई गम्भीर रुपमा लिएको बताउँदै सुरक्षित रहन आग्रह गरेका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार हजार ५ सय भौतिक संरचनामा क्षति पुगेको छ भने हालसम्म १ सय ४० वटा बाढीको चेतावनी जारी गरिएको छ । वर्षासँगैको बाढीका कारण स्थानीय जनजीवन प्रभासवत भएको छ ।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया