एजेन्सी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा भिषण वर्षा भएको छ । सो राज्यको ग्रामीण क्षेत्रहरुमा परेको वर्षापछि बाढीको जोखिम रहेको भन्दै ५० हजार सर्वसाधारणलाई खाली गराउन चेतावनी दिइएको छ ।

आगामी २४ घण्टासम्म अझै बाढीको जोखिम देखिएको भन्दै सो क्षेत्रका स्थानीइलाई अन्यन्त्र सर्न भनिएको रोयटर्सले जनाएको छ । टारी शहरमा ६३ वर्षीय एक पुरुषको शव बाढीमा फेला परेको समाचारमा उल्लेख छ ।

advertisement

वर्षापछि न्यु साउथ वेल्सका प्रमुख क्रिस मिन्सले यो प्राकृतिक प्रकोपलाई गम्भीर रुपमा लिएको बताउँदै सुरक्षित रहन आग्रह गरेका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार हजार ५ सय भौतिक संरचनामा क्षति पुगेको छ भने हालसम्म १ सय ४० वटा बाढीको चेतावनी जारी गरिएको छ । वर्षासँगैको बाढीका कारण स्थानीय जनजीवन   प्रभासवत भएको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com