हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ कमानेस्थित नमुना टोलमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका छन्।

बुधबार साँझ देवान बाबुको घरमा डेरा गरेर बस्दै आएकी वीरगञ्जकी सलाउद्दिन देवानकी १३ वर्षीया छोरी असिया खातुन र भारत बिहारको मोतिहारी जिल्ला, आदामपुर गाउँकी २५ वर्षीया अफ्रिदा खातुन आगलागीमा परेर घाइते भएका हुन्।

advertisement

साँझ मासु पकाउने क्रममा तेल भनेर झुक्किएर कराईमा डिजेल हालिएको कारण अचानक आगो लागेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामु अर्यालका अनुसार आगोले असिया खातुनको अनुहार, हात, पिठ्यूँ र खुट्टामा गम्भीर रूपमा चोट पुगेको छ। अफ्रिदा खातुन पनि घाइते भए पनि अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

आगलागीपछि स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com