काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ सकिएन । दुवै रिट ‘हेर्दा हेर्दै’ मा राखिएको छ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरु भएको हो। बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा व्यस्त रहेका कारण सुनुवाइ अघि बढ्न सकेन।

advertisement

आजको सुनुवाइमा रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए। त्यसपछि पूर्वडीआईजी जोशीको तर्फबाट कानुन व्यवसायीहरूले धारणा राखेका थिए। पछिल्लो चरणमा सरकारी पक्षका वकिलहरू बहस गरिरहेका छन्।

बिहीबार सरकारी वकिल गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका छन्। सरकारी पक्षको बहस शुक्रबारसम्म सकिने अपेक्षा गरिएको छ। त्यसपछि पीडित पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। त्यसपछिको चरणमा जवाफी बहस हुने बताइएको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com