चितवन । चितवनको खैरहनी नगरपालिका-२ ज्यामिरेचोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र इभी कार एक आपसमा ठोक्किँदा कार चालकको मृत्यु भएको छ।

उदयपुरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१-०३० च ११५७ नम्बरको इभी कार गए राति करिब १:०५ बजे ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका इभी कार चालक खैरहनी नगरपालिका–८ निवासी ४२ वर्षीय प्रतिप तिमल्सिनाको उपचारको क्रममा मृत्यु भएको हो।

advertisement

तिमल्सिनालाई तत्काल उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पुर्याइएको थियो। तर उपचारको क्रममा आज बिहान ३ बजे उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र खनालले जानकारी दिए।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिइसकिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com