काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३७ रुपैयाँ ३१ पैसा, बिक्रीदर १ सय ३७ रुपैयाँ ९१ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ५५ रुपैयाँ ९६ पैसा रहेको छ ।
यस्तै, पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ८५ रुपैयाँ ०५ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ को खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपँयौं ७७ पैसा कायम भएको छ ।
कतारी रियल १ को खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर ३२ रुपैयाँ १२ पैसा रहेको छ, भने विक्रिदर ३२ रुपैया २६ पैसा रहेको छ । अन्य देशका विनिमय दर हेर्नका लागि याहाँ क्लिक गर्नुहोला ।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया