काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना गर्न नदिने घोषणा गरेको छ ।

अमेरिकाकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल एम्समार्फत हार्वर्डले कानूनी दायित्व पूरा गर्न असफल भएको जनाउँदै विद्यार्थी र विनिमय आगन्तुक कार्यक्रमको प्रमाणपत्र रद्द गरेको उल्लेख गरेकी छन् ।

advertisement

यसैबीच प्रशासनको सो कदमलाई लिएर विश्वविद्यालयले भने असन्तुष्टि जनाएको छ । हार्वर्डले सो निर्णयलाई “अवैध“ भन्दै खण्डन गरेको बीबीसीले जनाएको छ । विश्वविद्यालयका अनुसार विभिन्न १ सय ४० भन्दा बढी देशबाट अध्यनका लागि विद्यार्थीहरु त्यहाँ पुग्ने गरेका छन् ।

ट्रम्प प्रशासनको यो निर्णयले विश्वविद्यालयमा अध्ययन गर्ने हजारौँ विदेशी विद्यार्थीलाई असर पुर्याउने समाचारमा जनाइएको छ । विश्वविद्यालयको तथ्यांक अनुसार, गत शैक्षिक वर्षमा ६ हजार ७ सय भन्दा बढी विदेशी विद्यार्थी हार्वर्डमा भर्ना भएका थिए, जुन जम्मा विद्यार्थीको २७ प्रतिशत हो ।

प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com