काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको शान्ति सुरक्षा नै समृद्धि र सुशासनको आधार भएकाले यसमा कुनै किसिमको सम्झौता गर्न नहुने स्पष्ट पारेका छन्।
शुक्रबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले शान्ति सुरक्षा विना सुशासन सम्भव नहुने बताए। उनले सबै सुरक्षा निकायलाई जिम्मेवार, अनुशासित र निष्ठापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिए।
सीमा क्षेत्रमा हुने चोरीपैठारीले मुलुकको राजस्व घाटा बढाइरहेको, आन्तरिक व्यापार प्रभावित भएको र आपराधिक गतिविधि बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता गतिविधि नियन्त्रण गर्न कडा निगरानी र समर्पित प्रयास आवश्यक रहेको बताए।
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्दै मन्त्री लेखकले विपद् प्रतिकार्यको तयारी सुदृढ गर्न सम्बन्धित निकायलाई आह्वान गरे।
उनले शान्ति सुरक्षा सुनिश्चित नगरी विकास, समृद्धि र आर्थिक गतिविधि सञ्चालन हुन नसक्ने भन्दै त्यसको लागि सम्पूर्ण सुरक्षा संयन्त्रलाई सक्रिय रूपमा लाग्न निर्देशन दिए।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया