काठमाडौं । गृह मन्त्रालयमा भिजिट भिसा सम्बन्धी अनियमितता प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जना कर्मचारीलाई बयानका लागि उपस्थित हुन बोलाएको छ।

उक्त प्रकरणमा मुछिएपछि गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित अन्य कर्मचारीहरूको सरुवा गरेको छ। सहसचिव भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको छ। गृह मन्त्री रमेश लेखकले केही दिनअघि मात्रै उनलाई मन्त्रालयमै सरुवा गरेका थिए।

advertisement

सरुवा गरिएका अन्य कर्मचारीहरूमा नायब सुब्बा प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा र नरबहादुर थापालाई जिल्ला प्रशासन कार्यालय बाँकेमा खटाइएको छ। यस्तै, कम्प्युटर अपरेटर उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्याय तथा सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठलाई कारागार व्यवस्थापन विभाग तथा त्यसअन्तर्गतका कार्यालयहरूमा पठाइएको छ।

अख्तियारले अनुसन्धानका क्रममा सम्बन्धित सबैलाई आवश्यक बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ।

प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com