काठमाडौं । अमेरिकी र युरो मुद्राको विनिमय दर घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि जारी गरेको विनिमय दर अनुसार अमेरिकी डलर १ रुपैयाँ ६५ पैसा र युरोमा ७७ पैसाको गिरावट आएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १ सय ३६ रुपैयाँ ०५ पैसा, बिक्रीदर १ सय ३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ५५ रुपैयाँ १९ पैसा रहेको छ ।
यस्तै, पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ८४ रुपैयाँ ४८ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ को खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपँयाँ ४३ पैसा कायम भएको छ ।
कतारी रियल १ को खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर ३२ रुपैयाँ १६ पैसा रहेको छ, भने विक्रिदर ३२ रुपैयाँ ३० पैसा रहेको छ । अन्य देशका विनिमय दर हेर्नका लागि याहाँ क्लिक गर्नुहोला ।
प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया