काठमाडौं । सक्रिय राजनीतिमा फर्किने चर्चाका माझ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको भ्रमणमा जाँदै छिन् । चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारको मैत्रीपूर्ण निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी आज बोलुका एमालेका केही नेतासहित उत्तरी छिमेकी चीन जान लागेकी हुन् ।

एमालेका सचिव एवम् विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचनसहितको टोली साँझ चीन जाने तय भएको छ । भ्रमणका क्रममा भण्डारी द्विपक्षीय राजनीतिक भेटघाट र संवादमा सहभागी हुने बताइएको छ । भ्रमणको तालिका भने सार्वजनिक गरिएको छैन । पूर्वराष्ट्रपति भण्डारीसहितको टोली जेठ १९ गते स्वदेश फर्किने कार्यतालिका छ ।

advertisement

एमालेका पदाधिकारी तहका नेतासहित भण्डारी राष्ट्रपतिको कार्यकाल सकिएपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेकी हुन् । पार्टी राजनीतिमा फर्किने तयारी गरेकी भण्डारीको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । भ्रमण टोलीमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीसँगको सहमतिपछि पूर्वराष्ट्रपति भण्डारी उत्तरी छिमेकको भ्रमणमा जाने तय भएको हो ।

 

प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com