काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यससँगै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि देखिन थालेको छ ।
महाशाखाका अनुसार, कोशी, मधेस र बागमती प्रदेशसँगै केही पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ । बागमती प्रदेशका केही स्थान र कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षासहित चट्याङको सम्भावना रहेको छ ।
आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ र केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि छ ।
सातै प्रदेशका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको हुँदा, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने देखिन्छ। त्यसैले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया