एजेन्सी, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जुन १ तारिखदेखि युरोपेली संघका सामानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।
यस्तै अमेरिकी उपभोक्ताहरूले किन्ने सबै आईफोनहरूमा समेत २५ कर लगाउन सक्ने भन्दै ट्रम्पले उत्पादक कम्पनी एप्पललाई चेतावनी दिएको बताइएको छ ।
ट्रम्पको यो चेतावनी ह्वाइट हाउसले युरोपेली संघसँगको वार्ता पर्याप्त गतिमा अघि नबढेको विश्वास गरेपछि आएको हो। ट्रम्पको धम्कीले बजार, व्यवसाय र उपभोक्तालाई अस्थिर गराएको र विश्वव्यापी आर्थिक मन्दीको डर बढाएको विश्लेषण भएको छ।
यसैबीच, एप्पलमाथिको ट्रम्पको धम्की विशेष कम्पनीहरूलाई आफ्नो उत्पादन अमेरिकामा सार्न दिइएको दबाबको रुपमा हेरिएको छ ।
प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया