काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पल कम्पनीप्रति पुनः कडा चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक सन्देश पोस्ट गर्दै उनले एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकलाई पहिले नै अमेरिका भित्रै आइफोन उत्पादन गर्न सुझाव दिएको स्मरण गराउँदै भनेका छन्, “मैले धेरै पहिले टिम कुकलाई भनेको थिएँ कि अमेरिकामा बिक्री हुने आइफोन यतै उत्पादन हुनुपर्छ—भारत वा अन्य देशमा होइन। यदि यस्तो भएन भने, एप्पलले कम्तीमा २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ।”
ट्रम्पको यस टिप्पणीसँगै एप्पलको सेयर मूल्यमा झण्डै ४ प्रतिशतको गिरावट आएको छ।
यसअघि, एप्पल प्रमुख टिम कुकले एक अन्तर्वार्तामा खुलासा गरेका थिए कि हाल अमेरिकामा बिक्री हुने करिब ५० प्रतिशत आइफोन भारतमा उत्पादन हुँदै आएका छन्। उनले अप्रिलदेखि जुनसम्मको अवधिमा अमेरिकी बजारमा उपलब्ध हुने अधिकांश आइफोन भारतमा बनेका हुने बताएका थिए।
त्यस्तै, उनले अन्य उत्पादनहरूजस्तै एयरपड्स र एप्पल वाचको निर्माण भने मुख्यतया भियतनाममा हुने जानकारी पनि दिएका छन्।
प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया