काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोइरालाले भिजिट भिसा प्रकरणमा प्रश्न उठिसकेको अवस्थामा गृहमन्त्रीले पद छाडेर छानबिनमा सहजीकरण गर्नु उचित हुने बताएका हुन्।

advertisement

“रमेशजीको नाम सार्वजनिक भएपछि उहाँले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ, आफू निर्दोष छु भन्नुहुन्छ, अनि स्वतन्त्र छानबिन गर्न दिनुहुन्छ भने त्यसले उहाँको नैतिक स्तर देखाउँछ,” कोइरालाको भनाइ थियो।

उनका अनुसार गृहमन्त्रीकै मातहत गृह मन्त्रालय रहेकाले निष्पक्ष छानबिनका लागि लेखकले पदबाट अलग हुनु बुद्धिमत्तापूर्ण हुनेछ।

भिजिट भिसासम्बन्धी अनियमितता प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएपछि उनीमाथि राजनीतिक तथा सार्वजनिक दबाब बढ्दै गएको छ। यसै सन्दर्भमा कोइरालाले छानबिन अघि नै राजीनामा दिनु लोकतान्त्रिक परिपाटीअनुकूल हुने धारणा राखेका हुन्।

प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com