काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि स्थापित उज्यालो यथावत् राख्न प्राधिकरणको नेतृत्व बलियो र सक्षम हुनुपर्ने बताएका छन्।

शनिबार भक्तपुरस्थित नीलबाराही मन्दिर परिसरमा आयोजित सरसफाइ कार्यक्रममा बोल्दै उनले जनताको साथ र समर्पित टिमको कारण आफू लोडसेडिङ अन्त्य गर्न सफल भएको स्मरण गरे। उनले भने, “यो उपलब्धिलाई दीगो बनाउन नेतृत्वसँगै व्यवस्थापन पक्ष पनि मजबुत हुनुपर्छ।”

advertisement

हाल देखिएको बत्ती आउने–जाने समस्या सामान्य प्राकृतिक कारण बाहेक, व्यवस्थापनको कमजोरीकै उपज भएको भन्दै उनले यस्ता समस्यालाई गम्भीरतापूर्वक लिएर समाधान खोज्नुपर्नेमा जोड दिए। उनका अनुसार, योग्य जनशक्तिको उचित व्यवस्थापन र उनीहरूको मनोबल उच्च राखेर काम गर्न सकियो भने २४ घण्टा निरन्तर विद्युत् आपूर्ति सम्भव छ।

“विद्युत् क्षेत्रमा काम गर्नेहरूले अझ धेरै योगदान दिनुपर्ने बेला आएको छ। नेतृत्व दृढ र स्वाभिमानी हुनुपर्छ। बाह्य दबाबको असर नपारिकन निर्णय गर्न सक्ने क्षमतायुक्त नेतृत्व आवश्यक छ,” उनले स्पष्ट पारे।

आफूले विगतमा गरेका काम अनुभवका रूपमा लिएको उल्लेख गर्दै उनले देशको अँध्यारोलाई उज्यालोमा रूपान्तरण गर्ने साझा जिम्मेवारी सबैले बोक्नुपर्ने धारणा राखे। “जनताका लागि समर्पित भएर काम गर्न तयार छु,” उनले प्रतिबद्धता जनाए।

प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com