काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू भागका थोरै स्थानहरूमा र बाँकी भू भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च(पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।

advertisement

आज राती कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेश प्रदेशको उच्च(पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

 

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com