काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कम्बोडियाको टेलिकममा लगानी गरेको भनी फैलिएको हल्लाको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको आरोप लगाएका छन्।

बागमती प्रदेशका नेकपा (एमाले) वडा अध्यक्षहरूको भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले आफूले ३२ अर्ब रुपैयाँ कम्बोडियाको टेलिकममा लगानी गरेको भनी आधारहीन प्रचार गरेको बताएका हुन्।

advertisement

“कम्बोडियाको टेलिकममा मैले ३२ अर्ब लगानी गरेको भन्ने हल्ला चलाउने प्रचण्ड हुन्,” ओलीले भने, “र, त्यसै हल्लाको पछि लाग्ने माधव नेपाल र झलनाथ खनालजस्ता नेताहरू हुन्। के त्यो कुरा साँचो हो? यदि साँचो हो भने मलाई आफैं थाहा नहुने? यस्ता कुरा सार्वजनिक हिसाब–किताबबाट सजिलै प्रमाणित हुन्छन्।”

प्रधानमन्त्री ओलीले यस प्रकारका अफवाहहरू राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्रको हिस्सा भएको आरोप पनि लगाएका छन्।

 

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com