काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको बैठक च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको छ। केही समयअघि प्रारम्भ भएको बैठक हाल पनि जारी छ।

हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जान खोज्ने यात्रुहरूसँग अवैध रुपमा रकम असुली भएको घटनामा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप सार्वजनिक भइरहेका छन्। यस्तै आरोपबीच एमालेले पहिलोपटक सचिवालय बैठक आयोजना गरेको हो।

advertisement

गृहमन्त्री लेखकविरुद्ध सत्तारुढ नेपाली कांग्रेसभित्रैबाट नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग उठिरहेका बेला एमालेको बैठकले उक्त विषयमा पनि चर्चा गर्ने सम्भावना रहेको छ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताएका थिए। तर कांग्रेसका अर्का नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने एकजना कर्मचारीको गल्तीको आधारमा मन्त्रीको राजीनामा माग्नु उचित नहुने टिप्पणी गरेका छन्।

एमाले नेताहरूका अनुसार आजको सचिवालय बैठकमा गृहमन्त्रीमाथि लागेको आरोपसँगै समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्यशैली र पार्टीको आगामी रणनीतिबारे विस्तृत छलफल हुँदैछ।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com