काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई थुनामै राख्ने सर्वोच्च अदालतको अघिल्लो आदेशमा त्रुटि देखिएपछि त्यसलाई सच्याउन आइतबारका लागि पेसी तोकिएको छ।

शुक्रबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रवि र छविलाललाई थुनामै राख्न आदेश दिएको थियो। ती दुवै जना हाल रूपन्देहीस्थित जिल्ला कारागार कार्यालयमा रहेका छन्। उनीहरूले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

advertisement

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार, आदेशको शीर्षकमा ‘फैसला’ उल्लेख भएपछि त्यसलाई ‘आदेश’ मा सुधार गर्न आइतबार पेसी राखिएको हो।

उनले भने, “अस्तिको आदेशमा ‘फैसला’ उल्लेख भएकाले त्यो सच्याएर ‘आदेश’ बनाउन इजलास अधिकृतको प्रतिवेदनका आधारमा पुनः पेसी चढाइएको हो।”

यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते रविलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। सो आदेशलाई सर्वोच्च अदालतले सदर गरेसँगै रवि लामिछाने अब मुद्दा किनारा नलागेसम्म थुनामै रहने छन्।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com