काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।

पचास वर्षीया रोशनी शाही लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा लिएर बस्दै आएकी थिइन्। आइतबार दिउँसो १ बजेर ५० मिनेटको समयमा उनी आफ्नै कोठामा मृत फेला परेकी हुन्। प्रहरीका अनुसार, कोठाको ढोका भित्रबाट चुकुल लगाइएको थियो। घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ।

advertisement

शाहीको स्थायी ठेगाना जाजरकोट हो। उनी केही समयअघि पूर्वसभामुख कृष्णबहादुर महरासँग जोडिएको बलात्कार प्रकरणकी मुख्य पात्रका रूपमा सार्वजनिक भएकी थिइन्, यद्यपि महरा उक्त मुद्दाबाट पछि सफाइ पाएका थिए।

भक्तपुर प्रहरी प्रमुख (एसपी) माधव बुढाथोकीले जानकारी दिँदै भने, “शाहीको शवमा बाहिरी चोटपटक देखिएको छैन। घटनालाई थप अनुसन्धान गरिँदैछ।”

मृतक शाहीका श्रीमान् उपत्यका बाहिर कामको सिलसिलामा रहेका छन् भने छोराछोरी विदेशमा छन्।

प्रहरीले घटनालाई आत्महत्या भएको प्रारम्भिक अनुमान गरेको छ, तर विस्तृत विवरण पोस्टमार्टम रिपोर्टपछि मात्र पुष्टि हुने बताइएको छ।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com