काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरिएको छ।
आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठले गत ४ वैशाखमा बुझाएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
प्रतिनिधिसभा सांसदसमेत रहेकी श्रेष्ठले एक व्यक्तिले दुई पद सम्हाल्नु नहुने मान्यताका आधारमा सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन्।
राजीनामामार्फत उनले आफू सांसदको हैसियतले सार्वजनिक नीतिनिर्माणमा मात्र केन्द्रित हुन चाहेको र पार्टीका अभियान तथा सांगठनिक जिम्मेवारी अरूलाई सुम्पिन चाहेको उल्लेख गरेकी छन्।
प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया