काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ ।
बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १ सय ३६ रुपैयाँ ०५ पैसा, बिक्रीदर १ सय ३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ५५ रुपैयाँ ३० पैसा रहेको छ ।
यस्तै, पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ८४ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय ८४ रुपैयाँ ९९ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३६पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ को खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपँयाँ ४३ पैसा कायम भएको छ ।
कतारी रियल १ को खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर ३२ रुपैयाँ १६ पैसा रहेको छ, भने विक्रिदर ३२ रुपैयाँ ३० पैसा रहेको छ । अन्य देशका विनिमय दर हेर्नका लागि याहाँ क्लिक गर्नुहोला ।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया