काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। आज बिहान ९ बजे सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्।

बैठकमा पार्टीको क्रियाशील सदस्यता र नवीकरणको अवस्था, आगामी आर्थिक वर्षको बजेट, ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक र समसामयिक विषयमा पनि बैठकमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।

advertisement

कांग्रेसले सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समय दिएको छ। यसैगरी सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट जेठ १५ गते संसद्‍मा पेस गर्दैछ।

यता भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराएको आरोप लागेपछिअध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका थिए। उनीमाथि अनुसन्धान जारी रहेको छ। भिजिट भिसाको सेटिङमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरूको समेत नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग पार्टीभित्रै उठेको छ। उक्त प्रकरणलाई लिएर कांग्रेसबाट गृहमन्त्री बनेका लेखकले राजीनामा दिनुपर्ने र दिन नहुने भन्दै पार्टीभित्र फरक(फरक धारणा आउन थालेका छन्। लेखकले आफ्नो संलग्नता नरहेको दाबी गरेपनि उनको सचिवालयमा विवादित पृष्ठभूमि रहेका कर्मचारी रहेका छन्।

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गर्दै आएका छन्। उनले भने, ‘नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस्, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’ उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजिनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए।

 

 

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com