काठमाडौँ । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईँको बयान सकिएको छ ।
जिल्ला अदालत काठमाडौँमा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईँको बयान सकिएको हो ।
आजदेखि तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग अदालतमा बयान लिन थालिएकोमा प्रसाईँको मात्र बयान सकिएपनि मा अन्य प्रतिवादीको बयान भोलिदेखि सुरु हुनेछ ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले प्रहरी प्रतिवेदनका आधारमा दुई वटा मिसिल तयार गरी दुर्गा प्रसाईसहित ५० जनाविरुद्ध राज्य विरुद्ध, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने र संगठित अपराध कसुरमा र भाटभटेनी लुटपाटमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता गरेको थियो ।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया