काठमाडौं । इङ्ग्ल्याण्डको लिभरपुल शहरमा लिभरपुल फुटबल क्लबको प्रिमियर लिग विजय परेडमा सहभागी भीडमा एउटा कार घुस्दा दुई दर्जन बढी मानिसहरू घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका दर्जनौं व्यक्तिहरूमध्ये चार बालबालिका पनि छन् । एक बालकसहित दुई जना गम्भीर घाइते छन् ।
२७ जनालाई अस्पताल लगिएको बीबीसीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५३ वर्षीय बेलायती पुरुषलाई पक्राउ गरेको छ। उनले कार चलाएको आरोप छ।
लिभरपुल फुटबल क्लबले इङ्लिस प्रिमियर लिग जितेको खुसीमा मानिसहरू उक्त परेडमा सहभागी भएका थिए । तर, उक्त विजय परेडमा एउटा कार अनियन्त्रित हुँदै भिडमा पसेको थियो । जसका कारण दर्जनौँ मानिसहरू घाइते भएका हुन् ।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया