काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने बताएका छन्।

‘अरु के गर्दछन् उनीहरूको कुरा हो । तर, एमाले गणतन्त्रवादी भएकोले त्यसको रक्षाका लागि सबै मोर्चामा दृढतापूर्वक उभिन्छ,’ पोखरेलले सामाजिक संजालमा लेखेका छन्।

advertisement

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु गर्दैछ। त्यसका प्रति लक्षित भएर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रामक अभिव्यक्ति दिएका थिए।

ओलीको अभिव्यक्तिका प्रति मानवअधिकार आयोगले समेत ध्यानाकर्षण भएको जनाएको छ। यसपछि पोखरेलले यस्तो बताएका हुन्।

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com