काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई छानबिन गरी निलम्बन गर्न सरकारलाई पत्र पठाएको छ । लेखा समितिले आफ्नो निर्णयको व्यवहोरा समेत समावेश गरेर त्यसलाई कार्यान्वयन गर्नू भन्दै पत्र पठाएको हो ।
लेखा समितिले गठन गरेको उपसमितिले पोखरा विमानस्थलको भ्रष्टाचारमा संलग्न भएको देखिएका तर पदमा बहाल रहेकाहरुलाई कारवाहीका लागि निर्देशन दिनुपर्ने सुझावसहितको उपसमितिको प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।
लेखा समितिका सभापति ऋषिकेश पोखरेलले लेखा समितिले सोझै निलम्बन भन्ने शब्द नलेखेको तर समितिका निर्णयहरु कार्यान्वयन गर्नु भनी सरकारलाई समेत पत्र पठाएको बताउछन् । लेखा समितिले ‘उपसमितिले औल्याएका विषय सहित संलग्न देखिएकाहरुमाथि छानबिन गरी कारवाही गर्नुपर्ने’ भनी निर्णय गरेको थियो ।
लेखा समितिले सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरेको उपसमितिले कर छुटलगायत सबै अनियमिततामा संलग्नलाई हदैसम्मको कानूनी कारबाही हुनुपर्ने औल्याउँदै पदमा बहाल भएकाहरुलाई तत्काल निलम्बन गर्नुपर्ने भनेको थियो ।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया